२०८३ साउन ११ सोमबार

जगदम्बा मोटर्सद्वारा दुई नयाँ मोटरसाइकल अपाचे १६० र राइडर आइगोको बजारमा ल्याउँदै

ई आर्थिक    शुक्रबार, असोज ३ २०८२
4K
Shares
जगदम्बा मोटर्सद्वारा दुई नयाँ मोटरसाइकल अपाचे १६० र राइडर आइगोको बजारमा ल्याउँदै

काठमाडौं ।   शंकर समूहअन्तर्गत सञ्चालित जगदम्बा मोटर्स प्रा. लि., नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकले आगामी असोज ५ गते दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ। राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजना हुने कार्यक्रममा टीभीएस अपाचे आरटीआर १६० २भी एफआई बीएस ६ र टीभीएस राइडर आइगो पहिलोपटक नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरिनेछ।

टीभीएस अपाचे आरटीआर १६० २भी एफआई बीएस ६ मा बीएस ६ मानकअनुसारको इन्धन इन्जेक्सन प्रविधि प्रयोग गरिएको छ, जसले पावर, माइलेज र डिजाइनमा नयाँ स्तर प्रस्तुत गर्ने कम्पनीको दाबी छ। १५९.७ सिसी क्षमताको इञ्जिनले १६.०४ पीएस पावर र १३.८५ एनएम टर्क प्रदान गर्छ। झन्डै ५० किलोमिटर प्रतिलिटर इन्धन खपत दर रहेको यस मोटरसाइकलमा रेस–ट्युन सस्पेन्सन, एबीएस ब्रेकिङ प्रणाली, डिजिटल कन्सोल, र स्मार्ट कनेक्ट जस्ता प्रविधि उपलब्ध छन्। यो मोडेलमा आफ्नै श्रेणीमा पहिलोपटक जीवनभरको वारेन्टी सुविधा पनि दिइएको छ।

त्यस्तै, टीभीएस राइडर आइगो १२५ सिसी क्षमताको मोटरसाइकल हो, जुन विशेषतः नयाँ पुस्ताका सवारी प्रयोगकर्तालाई लक्षित गरेर तयार पारिएको हो। यसमा एलईडी हेडलाइट, आधुनिक इन्धन ट्याङ्की डिजाइन, पूर्ण डिजिटल मीटर, सीट मुनिको स्टोरेज, विभिन्न राइड मोड, र स्मार्टफोन जडान सुविधा उपलब्ध छन्। कम्पनीले दैनिक यात्रा, माइलेज, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूका लागि यो आदर्श विकल्प हुने दाबी गरेको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार, यी दुई मोडेलले टीभीएस ब्रान्डको गुणस्तर, नवीनता र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाउनेछन्।

सार्वजनिक कार्यक्रम असोज ५ गते दिउँसो ३:३० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजना हुनेछ। लञ्चपछि यी मोटरसाइकलहरू नेपालभरका टीभीएस डिलरशिपहरूमा उपलब्ध हुनेछन्। ग्राहकहरूले विभिन्न रङ विकल्प, आधुनिक सुविधाहरू र आकर्षक लञ्च छुट योजनाहरूको लाभ लिन सक्नेछन्।

थप जानकारीका लागि नजिकको टीभीएस शोरूम वा टीभीएस नेपालका आधिकारिक डिजिटल प्लेटफर्महरूबाट सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij