ई-आर्थिक, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ ।
जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ।
बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेष्ट इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ। दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दावी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रहि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ।
आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
दावी प्रक्रियाका लागि सम्पर्क विवरण:
बीमा दावीका लागि बीमितहरूले कम्पनीको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन् ।
केन्द्रीय कार्यालय:
मिथिला विहारी यादव (दाबी विभाग): ९८५१२२०५५८, [email protected]
गेहेन्द्रमान डँगोल (दाबी विभाग): ९७०१००४५२२, [email protected]
सजना थापा (दाबी विभाग): ९८००२३२६९३३, [email protected]
अमित कार्की (दाबी विभाग): ९८५११४४९३५, [email protected]
प्रादेशिक कार्यालय:
कोशी प्रदेश (निरञ्जन श्रेष्ठ): ९८५२०३१७०२, [email protected]
मधेश प्रदेश (तारिक अख्तर): ९७०१००४७५५, [email protected]
बागमती प्रदेश (सुदर्शन कुमार श्रेष्ठ): ९८५१०४९५४३, [email protected]
गण्डकी प्रदेश (शिव सुवेदी): ९७०१००४५०१, [email protected]
लुम्बिनी प्रदेश (शंकर श्रेष्ठ): ९८५७०३१०१३, [email protected]
कर्णाली प्रदेश (योगेन्द्र कार्की): ९८५८०७४७९१, [email protected]
सुदूरपश्चिम प्रदेश (सागर बम): ९८०१९६९२०५, [email protected]
थप जानकारीका लागि कम्पनीको ग्राहक सेवा केन्द्र (०१-५२४५०९०) वा [email protected] मार्फत पनि सम्पर्क गर्न सकिनेछ ।