२०८३ साउन ११ सोमबार

प्रधानमन्त्री कार्की र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेटवार्ता

ई आर्थिक    बिहिबार, असोज २ २०८२
2.9K
Shares
प्रधानमन्त्री कार्की र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेटवार्ता

ई-आर्थिक,काठमाडौं ।  अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र साझा हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका अवसरमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई दिँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा पनि उक्त सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गर्नुभएको थियो।

राजदूत थम्प्सनले पनि अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै, नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

साथै, उनले अघिल्ला वर्षहरूमा जस्तै प्राथमिकताका साथ नेपालको विकास र स्थायित्वका लागि अमेरिकाको सहयोग निरन्तर रहने स्पष्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij