सन्तोष राठी कार्यबाहक सीईओ नियुक्त
ई-आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन्। न्यौपानेले बिहीबार बिहान पदबाट राजीनामा दिएका हुन् भने सोही दिन बसेको बैंक सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो ।
न्यौपानेले कार्यकाल बाँकी रहँदै राजीनामा दिएका हुन्। उनी २०७९ साल कात्तिकमा दोस्रो कार्यकालका लागि थप चार वर्षका लागि सीईओमा पुन: नियुक्त भएका थिए।
उनी पदबाट बाहिरिएपछि बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई नियुक्त गरिएको छ। राठी यसअघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
बैंकले सीईओ परिवर्तनपछि पनि संस्थागत सुशासन, डिजिटल बैंकिङ प्रवर्द्धन र ग्राहक सेवा सुधारलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने जनाएको छ।