२०८३ साउन ९ शनिबार

१८ अर्ब भ्रष्टाचार आरोप लागेका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रधानमन्त्री कार्कीसमक्ष उजुरी, क्यानडा भ्रमण रोक्न माग

ई आर्थिक    बुधबार, असोज १ २०८२
15.6K
Shares
१८ अर्ब भ्रष्टाचार आरोप लागेका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रधानमन्त्री कार्कीसमक्ष उजुरी, क्यानडा भ्रमण रोक्न माग

क्यानडामा यही २२ सेप्टेम्बरमा हुने आइकाओको एसेम्बलीमा सहभागी हुन अधिकारी, पूर्वपर्यटनमन्त्री पाण्डेसहितको टोली यही २१ तारिक त्यसतर्फ प्रस्थान गर्ने तयारी रहेको छ ।

ई–आर्थिक, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १८ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक उजुरी परेको छ। उजुरीमा अधिकारीसहित संलग्न पदाधिकारीलाई तत्काल निलम्बन, छानबिन र कारबाही गर्न माग गरिएको छ।

सोमबार, भदौ ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता नं. १ मा उल्लेखित उक्त उजुरी ‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत पदाधिकारीहरूलाई तत्काल निलम्बन, छानबिन र कारबाहीको माग सम्बन्धमा’ शीर्षकमा पेश गरिएको हो। उजुरी जेन-जेड नामक समूहको तर्फबाट दर्ता गरिएको छ।

यसअघि सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा देखिएको अनियमिततामा महानिर्देशक अधिकारीलाई प्रमुख जिम्मेवार ठहर गर्दै निलम्बन र कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिसकेको थियो। उजुरीमा अधिकारीसँगै अन्य उच्च पदस्थ कर्मचारीहरू पनि संलग्न रहेको उल्लेख छ :

  • निर्देशक इ. बाबुराम पौडेल

  • प्रबन्धक चाँदमाला श्रेष्ठ

  • प्रबन्धक राजेन्द्रप्रसाद पौडेल

  • प्रबन्धक विनेश मुनाकर्मी

  • पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेल

उजुरीमा के भनिएको छ ?

उजुरीमा भनिएको छ, “प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ऋण लिएर ३५ अर्बका विमानस्थल निर्माण गरे, तर ती विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। यी सबै आयोजना भ्रष्टाचारका लागि मात्रै भएका हुन्।”

त्यस्तै, तत्कालीन सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठन भएको संसदीय छानबिन समितिले पनि पोखरा विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सम्बन्धितहरूलाई कारबाही गर्न निर्देशन दिएको थियो।

क्यानडा भ्रमणमा जाँदै अधिकारी समूह

महानिर्देशक अधिकारीसहितको टोली २१ सेप्टेम्बरमा क्यानडा उड्न लागेको जानकारी उजुरीमा उल्लेख छ। उनीहरू आईकाओ एसेम्बलीको ४२औँ अधिवेशन (२२ सेप्टेम्बर २०२५) मा सहभागी हुनेछन्।

उक्त भ्रमण टोलीमा निम्न व्यक्ति समावेश छन्:

  • पूर्वमन्त्री बद्री पाण्डे र उनकी पत्नी (हाल उनी मन्त्री छैनन्, भ्रमणमा जाने अवस्था अन्योल)

  • पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोल र श्रीमती

  • महानिर्देशक प्रदीप अधिकारी र श्रीमती

  • उपमहानिर्देशक हंसराज पाण्डे र श्रीमती

  • उपमहानिर्देशक देवचन्द्रलाल कर्ण

  • उपनिर्देशक चामाला श्रेष्ठ र उनका पति

उजुरीमा भ्रमणपश्चात अमेरिका घुमघाम र मौजमस्तीको कार्यक्रमसमेत समावेश गरिएको दाबी गरिएको छ।

गम्भीर आरोप र मागहरू

महानिर्देशक अधिकारीमाथि विदेशी लगानी, हुण्डी कारोबार, गैरकानुनी सम्पत्ति संकलन लगायतका गम्भीर आरोपहरू उजुरीमा उल्लेख छन्। विशेष रूपमा निम्न मागहरू राखिएका छन्:

  • महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बनपक्राउ गरिनुपर्छ

  • क्यानडा भ्रमण तथा अमेरिका यात्रा तत्काल रद्द गरिनुपर्छ

  • अख्तियारमा रहेको फाइल छिटो निष्कर्षमा पुर्‍याई मुद्दा दायर गरिनुपर्छ

  • अधिकारी र संलग्न कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरी अवैध सम्पत्ति जफत गरिनुपर्छ

  • भिसा, पासपोर्ट लगायत विदेश यात्रा सम्बन्धी कागजातको छानबिन गरिनुपर्छ

उजुरीको बोधार्थ जेन-जी आन्दोलनका संयोजक सुधन गुरुङ, अख्तियार प्रमुख आयुक्त प्रेम राई र नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललाई गराइएको छ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने विश्वाससहित उजुरी पेस गरिएको हो। पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा विभिन्न सिफारिसहरू हुँदाहुँदै पनि राजनीतिक दबाब र पहुँचका कारण महानिर्देशक अधिकारीजस्ता पात्रहरू उम्किँदै आएको उजुरीमा दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij