२०८३ साउन ११ सोमबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षा असोज ७ र ८ गते संचालन गर्ने

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०८२
5.4K
Shares
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षा असोज ७ र ८ गते संचालन गर्ने

ई-आर्थिक, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को यसअघि  स्थगित गरिएका मौका( पूरक)  परीक्षाहरूको नयाँ तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार उक्त परीक्षा अब २०८२ सालको असोज ७ र ८ गते पुनः संचालन गरिने जानकारी दियो ।

स्थगित परीक्षामा सहभागी हुने विद्यार्थीहरूले तोकिएको नयाँ मितिमा परीक्षा केन्द्रमा उपस्थित हुन बोर्डले आग्रह गरेको छ। परीक्षासम्बन्धी विस्तृत विवरण तथा समय तालिका बोर्डको आधिकारिक वेबसाइटमा समेत प्रकाशित गरिएको छ।

यसअघि कुनै कारणवश स्थगित गरिएका विषयहरूको मात्र परीक्षा हुनेछ भने बाँकी विषयहरूको परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार सम्पन्न भइसकेको छ।

विद्यार्थीहरूलाई परीक्षा तयारीमा जुट्न तथा नयाँ तालिका अनुसार परीक्षा दिन आग्रह गरिएको छ।

परीक्षा समय ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij