२०८३ साउन ११ सोमबार

जेनजी सहिदको शवयात्रामा कुलमान र ओमप्रकाश पनि सहभागी

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०८२
2.2K
Shares
जेनजी सहिदको शवयात्रामा कुलमान र ओमप्रकाश पनि सहभागी

ई-आर्थिक, काठमाडौं ।  जेनजी आन्दोलनको क्रममा निधन भएका जेनजीको सहिदहरुको आज राजधानीमा शवयात्रा निकालिएको छ। शवयात्रामा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ र भौतिक पूर्वाधार तथा यातायात तथा गृहमन्त्री ओमप्रकाश अर्यालले पनि उपस्थिति जनाएका छन् ।

द्वयमन्त्रीहरुले  शोकसन्तप्त परिवारजनसँग समवेदना प्रकट गर्दै, दिवंगत जेनजीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरूले आन्दोलनमा ज्यान गुमाएका नागरिकको सम्मानमा सरकार गम्भीर रहेको भन्दै आवश्यक अनुसन्धान र न्याय सुनिश्चित गर्न प्रतिबद्धता जनाए।

उर्जामन्त्री घिसिङले  आन्दोलनको क्रममा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै, सरकारले घटनाको गम्भीरता पूर्वक मूल्याङ्कन गर्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

शवयात्रामा स्थानीय बासिन्दा, सामाजिक अभियन्ता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मन्त्री घिसिङको उपस्थिति मृतकका परिवारजन र स्थानीयहरूका लागि संवेदनशीलताको प्रतीकका रूपमा लिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij