२०८३ साउन १० आइतबार

अन्तरिम सरकारका मन्त्रीहरुको शपथ आज हुँदै

ई आर्थिक    सोमबार, भाद्र ३० २०८२
2.9K
Shares
अन्तरिम सरकारका मन्त्रीहरुको शपथ आज हुँदै

ई–आर्थिक, काठमाडौं । सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुले आज (सोमबार) शपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू  ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई शपथ गराउने तयारी गरिएको छ। राष्ट्रपति कार्यालयका अनुसार शपथग्रहण समारोह आज बिहान ११:३० बजे राष्ट्रपति भवन, शीतल निवासमा सम्पन्न हुने छ।

तीनै मन्त्रीहरूलाई विभिन्न जिम्मेवारीसहित मन्त्रिपरिषदमा समेटिने तयारी भइरहेको छ। सुशीला कार्की नेतृत्वको यो अन्तरिम सरकार आगामी निर्वाचनसम्मको लागि गठन गरिएको हो ।

ऊर्जा मन्त्रालयको नेतृत्व पाएका घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ भने आर्यालाई कानुन तथा गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij