२०८३ साउन ११ सोमबार

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

ई आर्थिक    आइतबार, भाद्र २९ २०८२
5.6K
Shares
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।   मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका हुन्।

सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् । त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिए ।

‘अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना हालसम्मको रेकर्डअनुसार करिब ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ’, मुख्यसचिव अर्यालको भनाइ छ ।

उनका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij