२०८३ साउन १२ मंगलबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

ई आर्थिक    आइतबार, भाद्र २९ २०८२
2.8K
Shares
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

ई-आर्थिक, काठमाडौं ।  नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गरेकी छन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर जिम्मेवारी सम्हालेकी हुन्।

पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारकमा पुगेर राष्ट्रका वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। उनले स्मारकमा माल्यार्पण गर्दै लोकतन्त्र, न्याय र समानताका लागि प्राण अर्पण गर्ने शहीदहरूको योगदानलाई स्मरण गरेकी थिइन्।

पदभार ग्रहण समारोहमा उच्च सरकारी अधिकारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू र अन्तरिम सरकारका केही सदस्यहरू पनि उपस्थित रहेका थिए। प्रधानमन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थायित्व, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण, र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेर सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की नेपालको इतिहासमा अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij