ई-आर्थिक, काठमाडौंं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले देशको पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीलाई बधाई दिँदै सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीमा कार्कीको नियुक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घिसिङले लेखेका छन्, सम्मानीय प्रधानमन्त्री शुशिला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक वधाई व्यक्त गर्दछु ।
उनले देश हाल गम्भीर मोडमा उभिएको उल्लेख गर्दै सबैलाई एक भएर अगाडि बढ्न अपिल गरेका छन्। देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्छ, उनले भने।
उनको भनाइमा हालको सरकारको प्रमुख जिम्मेवारी नयाँ पुस्ताले उठाएको आन्दोलनको माग सम्बोधन गर्नु र आगामी चुनाव सफलतापूर्वक सम्पन्न गर्नु रहेको उल्लेख छ।
जेन्जी पुस्ताले शुरू गरेको आन्दोलनको माग र आकांक्षालाई सम्वोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो,”* घिसिङको भनाइमा भनिएको छ।
उनले प्रधानमन्त्री कार्की र उनको सरकारलाई सफलता र सुदृढ नेतृत्वको शुभकामना पनि व्यक्त गरेका छन्।