२०८३ साउन ११ सोमबार

सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम

ई आर्थिक    शुक्रबार, भाद्र २७ २०८२
2.7K
Shares
सुनको मूल्यले  तोड्यो रेकर्ड, तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम

ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुनको मूल्य तोलामा **२ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।

यसअघि बिहीबार तोलाको दर २ लाख १४ हजार ७०० रुपैयाँ रहेको थियो।

महासंघका अनुसार चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। बिहीबार तोलाको दर २ हजार ५०५ रुपैयाँ  रहेकोमा शुक्रबार बढेर २ हजार ५६५ रुपैयाँ पुगेको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव तथा डलरको भाउमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा यस्ता उतारचढाव देखिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij