ई-आर्थिक, काठमाडौं । हाल देशभर बढ्दो अस्थिरता र अराजकता नियन्त्रण गर्न सुरक्षा निकायहरू सक्रिय रहँदा विभिन्न स्थानमा कैदीहरू भाग्ने प्रयाससहितका घटनाहरूमा नेपाली सेनाले उल्लेखनीय भूमिका खेलेको छ।
सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्न खोजेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणम *लिएको छ। यस्तै, कञ्चनपुरको चाँदनी नाकाबाट भारततर्फ भाग्न खोजिरहेका ७ जना कैदीहरूलाई भारतीय सीमा सुरक्षा बल (BSF) ले नियन्त्रणमा लिई नेपाली पक्षलाई हस्तान्तरण गरेको छ।
त्यसैगरी, १ जना कैदीलाई स्थानीय नागरिकहरूले नियन्त्रणमा लिएर **इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना कैदीहरू आफैं कारागारमा फर्किएर हाजिर भएका छन्।
उता रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने माग गर्दै गरेको झडप नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको घटनामा १२ जना कैदी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको पुष्टि भएको छ।
यसैबीच, काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ स्थित नयाँ बस्तीमा फेला परेको **शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज** गरेको छ।
सुरक्षा स्रोतका अनुसार हालसम्म देशभरबाट ९४ नाल विभिन्न प्रकारका हतियारहरू बरामद** भएका छन्।
सुरक्षा संवेदनशीलता बढिरहेका बेला नेपाली सेना, प्रहरी, र अन्य निकायहरू संविधानबमोजिम शान्ति सुरक्षाको लागि परिचालित छन्।