२०८३ साउन १० आइतबार

नयाँ सरकारको नेतृत्वबारे निर्णायक वार्ता आज जंगी अड्डामा

ई आर्थिक    बिहिबार, भाद्र २६ २०८२
1.2K
Shares
नयाँ सरकारको नेतृत्वबारे निर्णायक वार्ता आज जंगी अड्डामा

ई-आर्थिक, काठमाडौं ।  जेनजी समूह र नेपाली सेनाबीच नयाँ सरकारको नेतृत्वबारे निर्णायक वार्ता आज जंगीअड्डामा हुने भएको छ। बुधबार निर्धारित वार्ता जेनजी पक्षभित्र नेतृत्व चयनको विषयमा सहमति नजुट्दा स्थगित भएको थियो।

नेपाली सेनाले जेनजीलाई आन्तरिक एकता कायम गरी वार्ता आउन आग्रह गरेको थियो। तर, जंगीअड्डामै भएको विवादका कारण हिजोको वार्ता सारिएर आजका लागि तय गरिएको हो।

वार्ताको नेतृत्व कसले गर्ने भन्ने विषयमा मतभेद देखिएपछि जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्तावमा अघि सारेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीप्रति समर्थन जनाउँदै उनी नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको बताएका छन्।

राजनीतिक अन्योल र आन्दोलनबीच आजको वार्ता निर्णायक बन्ने अपेक्षा गरिएको छ। वार्ताबाट स्पष्ट सहमति निस्किए राजनीतिक निकासको बाटो खुल्ने आशा गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij