२०८३ साउन १० आइतबार

नेपालको अवस्थाप्रति महासचिव गुटेर्रेसको चिन्ता, शान्ति र संयमको अपिल

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
1.9K
Shares
नेपालको अवस्थाप्रति महासचिव गुटेर्रेसको चिन्ता, शान्ति र संयमको अपिल

ई-आर्थिक, काठमाडौं ।  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालमा जारी जेन जी आन्दोलनप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै प्रदर्शन शान्तिपूर्ण हुनुपर्ने बताएका छन्।

उनले पछिल्ला घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिँदै नेपाल थप अशान्तितर्फ नजान सबैलाई संयमित रहन आग्रह गरेका छन्।

यसअघि, संयुक्त राष्ट्रसंघले सरकारद्वारा प्रदर्शनमा गरिएको दमनको आलोचना गर्दै नागरिकले शान्तिपूर्ण रूपमा प्रजातान्त्रिक अधिकार प्रयोग गर्न पाउनुपर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij