२०८३ साउन १० आइतबार

सिंहदरबारमा लागेको आगजनीबाट सरकारी डाटामा खासै असर परेको छैन : आईडीएमसी

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
9.5K
Shares
सिंहदरबारमा लागेको आगजनीबाट सरकारी डाटामा खासै असर परेको छैन : आईडीएमसी

ई-आर्थिक, काठमाडौं । जेनजीको लगाएको सिंहदरबार धैरै क्षति भएतापनि सरकारी डाटामा खासै असर  नपरेको  आईडीएमसी जनाएको छ ।

सिंहदरबारमा मंगलबार भएको आगजनीका कारण भौतिक संरचनामा क्षति पुगे पनि अधिकांश सरकारी डाटा सुरक्षित रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का प्रमुख मनिष भट्टराईले बताएका छन्।

उनका अनुसार हेटौंडामा रहेको डिजास्टर रिकभरी (डीआर) कार्यालयमार्फत सरकारी निकायहरूको डाटा सुरक्षित राखिएको छ। हेटौंडाको डीआरमा आगलागी भएको भन्ने हल्ला अफवाह मात्र भएको उनले स्पष्ट पारे।

आईआरडी, राहदानी विभाग, अध्यागमन कार्यालयजस्ता निकायले आफ्नै डाटा सेन्टर चलाए पनि तिनको ब्याकअप आईडीएमसीअन्तर्गत डीआरमा भएकाले डाटा पुनः प्राप्त गर्न सकिने भट्टराईले बताए।

सर्वोच्च अदालतको डाटामा क्षति पुगेको जनाउँदै पुनः प्राप्तिको लागि आईडीएमसीसँग सम्पर्क भएको र आवश्यक पत्र आएपछि डीआरमा रहेको ब्याकअप हेर्ने तयारी भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij