२०८३ साउन १० आइतबार

जंगी अड्डामा नेपाली सेना र जेनजीबीच औपचारिक वार्ता हुँदै

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
3.5K
Shares
जंगी अड्डामा नेपाली सेना र जेनजीबीच औपचारिक वार्ता हुँदै

  ई-आर्थिक, काठमाडौं ।  जंगी अड्डामा आज नेपाली सेना र जेनजी प्रतिनिधिबीच औपचारिक वार्ता हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुन लागेको वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ निर्वाचनलगायतका संवेदनशील विषयमा छलफल हुने स्रोतले जनाएको छ।

यसअघि मंगलबार राति जेनजी प्रतिनिधि र नेपाली सेनाका प्रधानसेनापति बीच अनौपचारिक छलफल भएको थियो। अनौपचारिक छलफल सकारात्मक रहेको र आजको औपचारिक वार्तामा ती विषयहरूलाई संस्थागत रूपमा अघि बढाइने तयारी भएको जनाइएको छ।

वार्ता स्थल जंगी अड्डामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। जेनजी प्रतिनिधि टोली र नेपाली सेनाबीचको यो वार्ता हालको राजनीतिक संक्रमण र स्थायीत्वको सन्दर्भमा अत्यन्त महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij