ई-आर्थिक, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।
सोमबार र मंगलबार राजधानी काठमाडौंमा भएका ‘जेनजी प्रदर्शन’ पश्चात उत्पन्न परिस्थितिको सन्दर्भमा प्रधानसेनापति सिग्देलले केहीबेरमै सार्वजनिक रूपमा सम्बोधन गर्न लागेका हुन्।
पछिल्लो समय देखिएको अस्थिरता र जनआन्दोलनले खिचेको राष्ट्रिय ध्यानका विषयमा स्पष्ट जानकारी दिन तथा सेनाको धारणा प्रस्तुत गर्न सिग्देलले सम्बोधन गर्न लागेका हुन्।
प्रधानसेनापतिले राष्ट्रलाई वर्तमान सुरक्षापरिस्थितिबारे जानकारी गराउने र सेनाको तटस्थ भूमिका तथा राष्ट्रिय हितप्रति प्रतिबद्धता दोहोर्याउने अपेक्षा गरिएको छ ।
जेनजी प्रदर्शनको सिलसिलामा केही स्थानमा झडपसमेत भएका थिए, जसमा केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइते भएको जनाइएको छ। यस्तो संवेदनशील परिस्थितिमा प्रधानसेनापतिको सम्बोधनलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
सम्बोधन आज साँझ नेपाली सेनाको केन्द्रीय कार्यालयबाट प्रसारण गरिने बताइएको छ।