काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
१२ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ७७ करोड ६६ लाख बराबरको बोनस शेयर वितरण गर्नेछ। बोनसपछि बैंकको पूँजी १३ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ। यस्तै, दशैंको मुखमा एक अर्ब ८१ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिनेछ।
घोषित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।
हाल दोस्रो बजारमा बैंकको शेयर मूल्य ७४१ रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा बैंकले १५.५३ प्रतिशत लाभांश दिएको थियो। सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ मुनाफा कमाएको छ।