२०८३ साउन ११ सोमबार

इन्फ्रास्ट्रक्चर बैंकको ६.३१ प्रतिशत नगद लाभांश घोषणा

ई आर्थिक    शुक्रबार, भाद्र २० २०८२
3.1K
Shares
इन्फ्रास्ट्रक्चर बैंकको ६.३१ प्रतिशत नगद लाभांश घोषणा

ई-आर्थिक, काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा करसहित उक्त दरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले प्रस्ताव राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने जनाएको छ। सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। सो आधारमा शेयरधनीहरूले करकट्टी सहित करिब १ अर्ब ३६ करोड रुपैयाँ बराबरको नगद लाभांश प्राप्त गर्नेछन्।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधार क्षेत्रको लगानीमा केन्द्रीत भई संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij