२०८३ साउन १० आइतबार

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक जोशी विरूद्ध अख्तियारमा उजुरी

ई आर्थिक    बिहिबार, भाद्र १९ २०८२
12.2K
Shares
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक जोशी विरूद्ध अख्तियारमा उजुरी

सरकारी संयन्त्रमा ढोंग गरेर लाभ लिएको आरोप, तलब भत्तासहित असुल उपरको माग

ई–आर्थिक, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पदमा नियुक्त भएका व्यक्ति सुभाष चन्द्र जोशी कानुनले तोकेको योग्यता नपुगेका व्यक्ति भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

आजै अख्तियारमा परेको उजुरीको दर्ता नं. सी–०१४२०७ रहेको छ ।

माओवादी मन्त्रीले योग्यता नै नपुगेका व्यक्तिलाई निहित स्वार्थ राखेर सञ्चालक परिषद् बाट नियुक्ति दिएको हुनाले छानबिन हुन अति आवश्यक देखिन्छ भन्दै पशुपति क्षेत्र विकास कोष कर्मचारी विनियमावली अनुसार कोषको कार्यकारी निर्देशक पदमा नियुक्त हुनको लागि (१) स्नातक तह उत्तीर्ण गरी कम्तीमा राजपत्राङ्तृकित तृतीय श्रेणीको अधिकृत स्तर वा सो सरहको पदमा २० वर्ष कार्य गरेको वा (२) स्नातकोत्तर तह उत्तीर्ण गरी राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत स्तरको पदमा १५ वर्ष कार्य गरेको व्यक्ति मात्र नियुक्त हुन योग्य हुने व्यवस्था हुँदाहुँदै सम्बन्धित क्षेत्रको योग्यता नै नभएको व्यक्तिलाई नियुक्ति गरी अख्तियारको दुरुपयोग गरेको भन्ने मूख्य आरोप रहेको छ।

नियुक्ति प्रयोजनका लागि निजले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश गरेका शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरू, निजले कार्य गरेको कार्यालयको नाम, पद र पूर्णकालिक व्यवस्थापक भई कार्य गरेको कर्मचारीहरूको समग्रको विवरण र तलब भत्ता, तलब भत्ता लिएबापत सुरुदेखि नै कार्यालयले नै कर कटाएको विवरण समेतको विस्तृत छानबिन गर्न समेत माग गरिएको छ।

योग्यता नै नपुगेको व्यक्तिलाई योग्यता पुगेको छ भनेर सिफारिस गर्ने सिफारिस समितिका संयोजक र सदस्यहरू तथा निजलाई योग्य छ भनेर पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गर्न निर्णय गर्ने सञ्चालक परिषद्का अध्यक्ष तथा सदस्यहरूलाई समेत छानबिन गरी कारबाही होस् भनी माग गरिएकोछ ।

अयोग्य व्यक्तिलाई नियुक्ति गर्दा योग्यहरूले अवसर नपाउने र सरकारी संयन्त्र कुशासनको चपेटामा पर्ने निश्चित छ, तसर्थ तत्कालै मन्त्रालयबाट कागजातहरू झिकाई छानबिन गरी निजलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्न, निजले खाएको तलब भत्ता असुल उपर गर्न र नपुगेको योग्यता पुगेको छ भनेर नियुक्ति लिएको हुनाले सरकारी निकायलाई ढाँटेर लाभ लिएको हुनाले आकर्षित हुने अन्य प्रचलित कानुन अनुसार कारबाही गर्न अन्य निकायहरूमा समेत पत्राचार गर्न समेत उजुरीकर्ताले माग गरेको छ।

पशुपतिनाथ लाई जोगाउन इमान्दार र सक्रिय व्यक्तिको आवश्यकता छ । रिक्त सदस्य सचिव पदमा नियुक्ति हुने व्यक्ति योग्य हुनुपर्ने, यी र यस्तै व्यक्ति नियुक्ति भएभने पशुपति क्षेत्र लुटेराहरुको हातमा पर्न सक्ने खतरा बढेको ले पनि अयोग्यता सम्बन्धि कारबाही अघि बढाउन अख्तियारलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij