ई-आर्थिक, काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुलाई कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने भएको छ।
बैंक र हस्पिटलबीच भएको समझदारीअनुसार बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा स्वास्थ्योपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
उक्त हस्पिटलमा सामान्य शय्या-अस्पताल भर्ना, क्याबिन-अस्पताल भर्ना, आईसीयू बेड, भेन्टिलेटर, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक अपरेशन, प्याथोलोजी परीक्षण, भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, इको, टी.एम.टी., एन्डोस्कोपी र औषधि छुट सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सकिन्छ ।
सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्योपचारमा सहयोग पुग्नुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।