२०८३ साउन १० आइतबार

४ करोड नगद र सुनचाँदीसहित पक्राउ परेका श्रेष्ठले स्रोत खुलाउन सकेनन्

ई आर्थिक    बुधबार, भाद्र १८ २०८२
1.4K
Shares
४ करोड नगद र सुनचाँदीसहित पक्राउ परेका श्रेष्ठले स्रोत खुलाउन सकेनन्

ई-आर्थिक, काठमाडौं । काठमाडौं गोंगबुबाट ४ करोड नगद र सुनचाँदीसहित पक्राउ परेका विनोद कुमार श्रेष्ठले पैसाको  स्रोत खुलाउन सकेका छैनन् । उनी स्रोत नखुलेको ४ करोडभन्दा बढी नगद र गरगहना सहित ७८ वर्षीय श्रेष्ठ मंगबार  पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका २६ बाट उनको  आफ्नै घरमा स्रोत नखुलेको करोडौं रुपैयाँ नगद र सुनचाँदीका गरगहना लुकाएर राखेको अभियोगमा  श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको संयुक्त टोलीले श्रेष्ठको घरमा छापा मारी ठूलो परिमाणमा नगद र गरगहना बरामद गरेको हो।

प्रहरीका अनुसार  उनी मिटरब्याजी भएको बतायो  । सुन धितो राखेर उनले मिटरब्याजमा रकम लगानी गर्ने गरेको प्रहरीले जानकारी दियो । उनले पैसा पैतृक सम्पति भनेर दावी गरेतापनि बरामद  रकम तथा सुनको स्रोत दाबी गर्न उनले सकेका छैनन् ।

प्रहरीका अनुसार श्रेष्ठको घरबाट रु ४ करोड २५ लाख ५० हजार नगद, झन्डै १० किलो सुन  र ३ किलोभन्दा बढी चाँदी  बरामद गरेको थियो ।

श्रेष्ठले उक्त सम्पत्तिको स्पष्ट र प्रमाणसहितको स्रोत खुलाउन नसकेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक बयान र अनुसन्धानपछि प्रहरीले थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाउन लागेको छ ।

अब विभागले उक्त नगद तथा गरगहना करछली, हवाला कारोबार, अवैध आय संकलन वा मनी लन्डरिङको आशंकामा अनुसन्धान गर्नेछ। यसका लागि श्रेष्ठको बैंक कारोबार, आय विवरण, अघिल्लो वर्षहरूको सम्पत्ति विवरणलगायत विवरण संकलन गरिएको छ।

दोष पुष्टि भएमा श्रेष्ठमाथि अवैध सम्पत्ति शुद्धीकरण निवारण ऐन, कर सम्बन्धी ऐन र अन्य आर्थिक अपराधसम्बन्धी कानुनअनुसार कारबाही हुने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij