२०८३ साउन १० आइतबार

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच भेटवार्ता, आपसी हितका विषयमा छलफल

ई आर्थिक    मंगलबार, भाद्र १७ २०८२
2.1K
Shares
प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच भेटवार्ता, आपसी हितका विषयमा छलफल

बेइजिङ ।  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच आज बेइजिङमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

बेइजिङस्थित देउथाई स्टेट गेस्टहाउसमा आयोजित उच्चस्तरीय भेटमा दुई देशबीचको आपसी हितका विविध विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटका क्रममा चिनियाँ पक्षले द्विपक्षीय कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने र दुवै देशलाई लाभ हुने आयोजना अगाडि बढाउने विषयमा विशेष जोड दिएको थियो। त्यसैगरी प्रधानमन्त्री ओलीले औपचारिक भ्रमणका लागि आमन्त्रण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गर्नुका साथै शाङ्घाई सहयोग सङ्गठन (एससिओ) बैठकलाई उपलब्धिमूलक भएको टिप्पणी गर्नुभएको थियो।

नेपाली पक्षले एक चीन नीतिप्रति अटल प्रतिबद्धता दोहोर्‍याउँदै चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने स्पष्ट धारणा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटपछि उपराष्ट्रपति हान चङ्गले प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना समेत गर्नुभएको थियो।

यसअघि प्रधानमन्त्री ओलीले चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागिता जनाएपछि आजै बेइजिङ प्रस्थान गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij