२०८३ साउन १० आइतबार

शैक्षिक संस्थामा बम भएको अफवाह फैलाउने व्यक्ति कीर्तिपुरबाट पक्राउ

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
817
Shares
शैक्षिक संस्थामा बम भएको अफवाह फैलाउने व्यक्ति कीर्तिपुरबाट पक्राउ

ई-आर्थिक, काठमाडौं । राजधानीका विभिन्न शैक्षिक संस्थामा बम राखिएको भन्दै झुटो सूचना फैल्याउने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० बसोबास गर्दै आएका, महोत्तरी गाउँपालिका–२ निवासी ३८ वर्षीय जयरूद्र झा रहेका छन्।

प्रहरीका अनुसार झाले प्रहरी कन्ट्रोल रूमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंस्थित शैक्षिक संस्थाहरूमा विस्फोटक पदार्थ राखिएको भनी झुटा अफवाह फैलाएका थिए। यसले सार्वजनिक शान्ति र सुरक्षामा खलल पुगेको भन्दै प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।

अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१० स्थित नयाँबजार, कीर्तिपुरबाट शुक्रबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार झालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

सार्वजनिक सुरक्षामा असर पर्ने र समाजमा त्रास फैलाउने यस्ता गतिविधिहरूलाई प्रहरीले गम्भीर रूपमा लिएको बताइएको छ। प्रहरीले आम सर्वसाधारणलाई यस्ता भ्रामक सूचना नफैलाउन आग्रह गर्दै कानुनी कारबाही कडा हुने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij