२०८३ साउन १० आइतबार

गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

ई आर्थिक    आइतबार, भाद्र १५ २०८२
2.1K
Shares
गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

ई-आर्थिक, काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ ।

अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक The Best Bank / Best AI/ML Implementation  विधामा उत्कृष्ट सहित Best MSME Acceleration विधामा  Runner-up को अवार्ड प्राप्त गरेको हो । यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गर्नुभएको हो ।

इण्डियन च्याम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस कार्यक्रममा समेत यस विकास बैंकले Best Assets Management विधामा  Runner-up  रुपमा अवार्ड प्राप्त गरेको थियो ।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको छ । यस अवसरमा विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु एवं शुभचिन्तक महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।

साथै, यस विकास बैंकलाई निरन्तर उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गर्न आफ्नो कर्तव्य पालनामा अहोरात्र खट्नुहुने सम्पूर्ण कर्मचारीहरुप्रति आभार व्यक्त गर्दछौं ।

हाल विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij