२०८३ साउन १२ मंगलबार

सानिमा बैंक र बससेवाबीच सम्झौता, डिजिटल भुक्तानीमा आकर्षक क्यासब्याक

ई आर्थिक    आइतबार, भाद्र १५ २०८२
1.8K
Shares
सानिमा बैंक र बससेवाबीच सम्झौता, डिजिटल भुक्तानीमा आकर्षक क्यासब्याक

ई-आर्थिक, काठमाडौं ।  डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सानिमा बैंकले ‘बससेवा’सँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष क्यासब्याक योजना सुरु गरेको छ।

सम्झौताअनुसार ग्राहकहरूले सानिमा बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा एप वा वेबसाइटमार्फत अनलाइन भुक्तानी गर्दा नेपालभरिका बस टिकट खरिदमा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म तथा भारतका लागि टिकट खरिदमा १५ प्रतिशत वा अधिकतम ४ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार यो योजना आज (भदौ १४) बाट सुरु भई फागुन १४ गतेसम्म लागु हुनेछ।

सानिमा बैंकले देशभर फैलिएका आफ्ना १३४ शाखा र १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।

डिजिटल बैंकिङ सेवा विस्तारमा सक्रिय सानिमा बैंकले यस किसिमका योजना मार्फत ग्राहकलाई सुरक्षित, सरल र प्रभावकारी भुक्तानी प्रणालीको अनुभव दिलाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij