२०८३ साउन १० आइतबार

जापानले भारतलाई दुई बुलेट ट्रेन उपहार दिने, १० खर्ब जापानी येन लगानीको घोषणा

ई आर्थिक    शनिबार, भाद्र १४ २०८२
1.7K
Shares
जापानले भारतलाई दुई बुलेट ट्रेन उपहार दिने, १० खर्ब जापानी येन लगानीको घोषणा
ई–आर्थिक, काठमाडौं ।  भारतीय नरेन्द्र मोदी जापान भ्रमणको दोस्रो दिन शनिबार मियागी प्रान्तको सेन्दाई पुगेका छन्। सो अवसरमा उनले जापानका प्रधानमन्त्री शिगेरु इशिबासँगै रेल यात्रा गरे। साथै, भारतका रेल चालकहरूलाई पनि भेटे, जसलाई जापानको पूर्वी रेलवेले बुलेट ट्रेन चलाउन तालिम दिइरहेको छ।

सेन्दाईमा स्थानीय र भारतीय समुदायले झण्डा बोकेर मोदीको स्वागत गरेका थिए। शुक्रबार १५ औं भारत–जापान शिखर सम्मेलनमा दुई देशबिच १५० सम्झौता भएका छन्। जापानले आगामी १० वर्षमा भारतमा १० खर्ब जापानी येन लगानी गर्ने बताएको छ।

मोदी जापानपछि एससिओ शिखर सम्मेलनमा भाग लिन चीन जाँदै छन्। चीनमा हुँदा चिनियाँ राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनसँग भेट्नेछन्।

बुलेट ट्रेन २०३० सम्म तयार हुनेछ, जसको गति चार सय किलोमिटर प्रतिघण्टा हुनेछ। यो भारत, मुम्बई–अहमदाबाद उच्च–गति रेल करिडोरमा चल्नेछ। जापानले भारतलाई दुई बुलेट ट्रेन (ई३ र ई५) उपहाररुवरुप दिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij