ई-आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको भदौ १३ गते बसेको संचालक समिति बैंठकले गत आर्थिक बर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना शेयरधनिलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।