२०८३ साउन १२ मंगलबार

दुहुँ गाउँपालिकाबाट डाक्टर र इन्जिनियर पढ्नेलाई ५० प्रतिशत छात्रवृत्ति

ई आर्थिक    मंगलबार, भाद्र १० २०८२
3K
Shares
दुहुँ गाउँपालिकाबाट डाक्टर र इन्जिनियर पढ्नेलाई ५० प्रतिशत छात्रवृत्ति

ई-आर्थिक, दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इन्जिनियर जस्ता प्राविधिक क्षेत्रतर्फ प्रोत्साहित गर्न दीर्घकालीन र प्रभावकारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विसं २०७९ मा नरेन्द्रबहादुर सिंह बडाल गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सुरु गरिएको यो कार्यक्रम २०८० सालदेखि नियमितरूपमा सञ्चालनमा छ। यस कार्यक्रम अन्तर्गत गाउँपालिकाले विद्यार्थीको कुल शैक्षिक खर्चको ५० प्रतिशत सहयोग गर्दै आएको छ।

हालसम्म दुहुँका आठ जना विद्यार्थीले एमबिबीएस, बीइ सिभिल र बीइ कम्प्युटर इन्जिनियरिङ पढ्न छात्रवृत्तिबाट लाभ लिइरहेका छन्। छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययनपछि कम्तीमा एक वर्ष गाउँपालिकामै सेवा गर्नु पर्ने प्रावधान राखिएको छ, जसले गाउँकै विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास गरिएको छ।

छात्रवृत्तिबाट लाभ लिएका विद्यार्थीका अभिभावकहरू पनि यो कार्यक्रमबाट खुसी छन्। भुपेन्द्र बडाल नामक छात्रका आमाको भनाइ छ, “इन्जिनियरिङ अध्ययनका लागि करिब ८ लाख ५० हजार लाग्ने अनुमान छ। गाउँपालिकाले ४ लाख २५ हजार सहयोग गरेपछि हामीलाई धेरै सहज भएको छ।”

गाउँपालिकाले शिक्षा क्षेत्रमा थप लगानी गर्दै कक्षा १० सम्म पूर्ण रूपमा निःशुल्क शिक्षा व्यवस्था गरेको छ। त्यसैगरी, ‘टुहुरा बालबालिका, सहारा गाउँपालिका’ कार्यक्रममार्फत १२ छात्र र ३ छात्रालाई आवासीय अनाथालय विद्यालयमा गास, बास, कपाससहित पूर्ण पढाइ सुविधा प्रदान गर्दै आएको छ।

यसरी दुहुँ गाउँपालिकाको शैक्षिक लगानीले गाउँका गरिब, जेहेन्दार र पहुँचविहीन बालबालिकालाई उज्यालो भविष्यतर्फ डो¥याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij