२०८३ साउन ११ सोमबार

सरकारले एक वर्षमा सवा तीन खर्ब आन्तरिक ऋण लियो, कुल सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

ई आर्थिक    मंगलबार, भाद्र १० २०८२
3.1K
Shares
सरकारले एक वर्षमा सवा तीन खर्ब आन्तरिक ऋण लियो, कुल सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

काठमाडौं । स्रोत अभावसँग जुझिरहेको सरकार आन्तरिक ऋणमा निर्भर बन्दै गएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा सरकारले सवा तीन खर्बभन्दा बढी आन्तरिक ऋण लिएको छ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सरकारले कुल ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको छ। यस्तै, सोही अवधिमा १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ बराबरको बाह्य ऋणसमेत लिएको छ।

आर्थिक वर्षको अन्त्यसम्ममा (२०८२ असार मसान्त) सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

जसमध्ये, १४ खर्ब १ अर्ब ४२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ भने १२ खर्ब ६८ अर्ब २२ करोड रुपैयाँ आन्तरिक ऋण छ।

यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.७१ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा सार्वजनिक ऋण जीडीपीको ४२.७१ प्रतिशत थियो।

ऋणभार बढ्दै जाँदा सरकारले ऋणको व्यवस्थापन र दीर्घकालीन वित्तीय स्थायित्वमा चासो दिनुपर्ने विश्लेषकहरूको धारणा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij