२०८३ साउन ११ सोमबार

गौरा–बलानपट्टी सडक निर्माण सुरु, १४ करोडभन्दा बढी लगात

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
4.7K
Shares
गौरा–बलानपट्टी सडक निर्माण सुरु, १४ करोडभन्दा बढी लगात

ई-आर्थिक, सप्तरी ।  बोदेबरसाईन नगरपालिका–३ स्थित गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टिसम्म जोडिने सडकको निर्माण सुरु भएको छ। शुक्रबार आयोजित एक कार्यक्रममार्फत मधेस प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहले उक्त सडकको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद सिंहले जनताको विश्वास र समर्थनका कारण आफू निर्वाचित भएको भन्दै जनहितमा काम गर्न कटिबद्ध रहेको बताए। उनले पूर्वाधार विकासमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै, सडक निर्माणपछि हजारौं स्थानीयवासी लाभान्वित हुने विश्वास व्यक्त गरे।

करिब १४ करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको यो सडक पूर्वाधार विकास कार्यालय, राजविराजको आर्थिक सहयोगमा बन्नेछ। निर्माणको जिम्मा यम/यस सारस सगरमाथा जेभी (त्रियुगा–११, उदयपुर) लाई दिइएको छ। काम गत असार २५ गतेदेखि सुरु भइसकेको छ भने निर्माण सम्पन्न गर्ने म्याद २०८४ असार १९ गते तोकिएको छ।

शिलान्यास कार्यक्रममा बोदेबरसाईन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, विभिन्न वडाध्यक्ष, इञ्जिनियर, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो।

स्थानीयहरूले निर्माण समयमै सम्पन्न भई आवागमन सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij