२०८३ साउन १० आइतबार

भियतनामी उपराष्ट्रपति नेपाल भ्रमणमा, प्रधानमन्त्री ओलिसंग भेटवार्ता

ई आर्थिक    आइतबार, भाद्र ८ २०८२
4.2K
Shares
भियतनामी उपराष्ट्रपति नेपाल भ्रमणमा, प्रधानमन्त्री ओलिसंग भेटवार्ता

नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५० वर्ष

ई-आर्थिक, काठमाडौं ।  नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको औपचारिक भ्रमणमा आएकी छिन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उपराष्ट्रपति सुआन शुक्रबार काठमाडौं आइपुगेकी हुन् । भ्रमणको क्रममा उपराष्ट्रपति सुआनले आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ। भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहकार्य र आर्थिक तथा सांस्कृतिक क्षेत्रको सहकार्य विस्तारबारे छलफल भएको बताइएको छ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भियतनामबीचको सम्बन्ध पारस्परिक सम्मान, सहयोग र समानताको आधारमा मजबुत हुँदै गएको बताउँदै भविष्यमा अझ घनिष्ट साझेदारीको अपेक्षा व्यक्त गरे।

यसअघि उपराष्ट्रपति यादव र भियतनामी उपराष्ट्रपति सुआनबीच पनि छुट्टै भेटवार्ता सम्पन्न भएको थियो। त्यस्तै, उपराष्ट्रपति सुआनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट भयो ।

चार दिने भ्रमण सम्पन्न गरी भियतनामी उपराष्ट्रपति भो थि आन सुआन सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यस भ्रमणले नेपाल–भियतनाम सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij