२०८३ साउन ११ सोमबार

एनआईसी एशिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्समा १५ प्रतिशतसम्म छुट

ई आर्थिक    आइतबार, भाद्र ८ २०८२
6.9K
Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्समा १५ प्रतिशतसम्म छुट

ई-आर्थिक, काठमाडौं ।  एनआईसी एशिया बैंकका ग्राहकहरूले  देशभर सञ्चालनमा रहेका ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्समा सेवा लिँदा १५ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्ने भएका छन्।

यस सम्बन्धमा ल्यान्डमार्क रिसोर्ट्स र एनआईसी एशिया बैंकबीच छुट सुविधा प्रदान गर्नेसम्बन्धी समझदारी सम्पन्न भएको हो।

सम्झौताअनुसार, बैंकका ग्राहकले भुक्तानी गर्दा नगदको सट्टा डिजिटल माध्यम प्रयोग गरेमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट र आवास सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले बताए ।

छुट प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक मोबाइल अनुप्रयोगमार्फत डिजिटल भुक्तानी गर्नुपर्ने  सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) खनियाले जानकारी दिए ।

पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा रहेका ल्यान्डमार्क रिसोर्ट्समा यो सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार, नगदरहित कारोबारको प्रवर्द्धन गर्दै डिजिटल भुक्तानी प्रणालीलाई अघि बढाउन समेत यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij