केसीएनएले दाबी गरेको छ कि परीक्षणले दुवै क्षेप्यास्त्रले ड्रोन र क्रूज क्षेप्यास्त्रसहित विभिन्न हवाई लक्ष्य नष्ट गर्न सक्ने प्रमाणित गरेको छ। यो परीक्षण त्यतिबेला भएको थियो जब दक्षिण कोरियाले मंगलबार सीमा पार गर्ने उत्तर कोरियाली सैनिकमाथि चेतावनी गोली चलाएको थियो।
योनहाप एजेन्सीका अनुसार करिब ३० उत्तर कोरियाली सैनिकले केही समयका लागि सैन्यविहीन क्षेत्र (डीएमजेड) पार गरेका थिए। संयुक्त राष्ट्र संघको कमाण्डले यो घटनाको पुष्टि गरेको छ। एजेन्सी