२०८३ साउन ११ सोमबार

काठमाडौं–मन्थली सडक हलेदेमा सडक भासिँदा अवरुद्ध, सवारी आवागमन ठप्प

ई आर्थिक    बुधबार, भाद्र ४ २०८२
4K
Shares
काठमाडौं–मन्थली सडक हलेदेमा सडक भासिँदा अवरुद्ध, सवारी आवागमन ठप्प

मन्थली : लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा काठमाडौं–मन्थली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक भासिएपछि काठमाडौंबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । स्थानीय सञ्जीव चौहानका अनुसार यात्रुहरू अलपत्र परेका छन् भने लामो दूरीका गाडीहरू समेत गन्तव्यमा पुग्न सकेका छैनन्।

स्थिति गम्भीर बनेसँगै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तत्काल सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

सडक विस्तार तथा मर्मतमा ढिलाइ, अत्यधिक वर्षाका कारण कमजोर भू-सरंचनाले गर्दा पटक–पटक अवरुद्ध हुँदै आएको यो सडकखण्ड फेरि जोखिममा परेको हो ।

यात्रीहरूलाई वैकल्पिक मार्ग अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij