२०८३ साउन ११ सोमबार

महाकाली लोकमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

ई आर्थिक    मंगलबार, भाद्र ३ २०८२
3.1K
Shares
महाकाली लोकमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

ई-आर्थिक, दार्चुला ।   लगातारको वर्षापछि आएको पहिरोका कारण महाकाली लोकमार्गअन्तर्गत खलंगा–गोकुलेश्वर खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

मालिकार्जुन गाउँपालिका–३, रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षापछि सडकमाथिबाट पहिरो खसेको हो। पहिरोका कारण राजमार्ग बन्द हुँदा दार्चुला सदरमुकाम खलंगा हुँदै अन्य स्थानमा जाने तथा आउने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार सडक पूर्णरूपमा अवरुद्ध भएपछि यात्रुहरू बिचल्लीमा परेका छन्।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अवरुद्ध सडक खुलाउनका लागि खलंगाबाट आवश्यक उपकरण र जनशक्ति मगाइएको जानकारी दिए। उनले पहिरो पन्छाउने काम छिट्टै सुरु हुने बताए।

प्रशासनले जोखिमयुक्त भूभागमा आवतजावत नगर्न तथा सतर्क रहन स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij