२०८३ साउन १२ मंगलबार

वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा वृद्धि, साउनमै ६८ हजारले गरे प्रस्थान

ई आर्थिक    मंगलबार, भाद्र ३ २०८२
4.6K
Shares
वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा वृद्धि, साउनमै ६८ हजारले गरे प्रस्थान

ई-आर्थिक, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार साउन महिनाभरिमा ६८ हजार १ सय १० जना नेपाली युवा रोजगारीका लागि बाहिरिएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.५३ प्रतिशतले बढी हो।

गत आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए। पछिल्लो साउन महिनामा म्यानपावर कम्पनीमार्फत नयाँ रोजगारीका लागि विदेशिनेको संख्या ३१ हजार ८ सय ३० रहेको विभागले जनाएको छ। यस्तै, बिदामा नेपाल आएर पुनः रोजगारीमा फर्किने युवाको संख्या २३ हजार ६ सय ४४ रहेको छ भने व्यक्तिगत भिसामा गएकाहरूको संख्या ११ हजार ७७२ पुगेको छ। त्यस्तै, सरकारी स्तरबाट जीटुजी प्रणालीमार्फत ८६४ जना युवाले वैदेशिक रोजगार अवसर पाएका छन्।

वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण यथावत् रहेको देखिन्छ। मलेसिया, कतार, साउदी अरब र युएई जस्ता खाडी मुलुकहरूमा नेपाली श्रमिकको उच्च माग कायमै छ। साथै, केही नयाँ श्रम गन्तव्य मुलुकहरू पनि थपिने क्रम जारी छ। विभागले वैदेशिक रोजगार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन जीटुजी प्रणाली विस्तार गर्ने, श्रमिक अभिमुखीकरणलाई व्यवस्थित बनाउने र श्रमिकको सुरक्षा तथा अधिकार सुनिश्चित गर्ने दिशामा काम भइरहेको जानकारी दिएको छ।

विदेशिनेहरूको संख्यामा पुनः चहलपहल देखिनुले देशभित्र पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको संकेत गर्दै सरकारलाई दीर्घकालीन श्रम नीतिमा पुनर्विचार गर्न आवश्यक देखिएको विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij