२०८३ साउन ११ सोमबार

राष्ट्रको हित र आम नागरिकको सुविधाका लागि परिणाममुखी ढंगले काम गर्न गृहमन्त्री लेखकको निर्देशन

ई आर्थिक    आइतबार, भाद्र १ २०८२
5.3K
Shares
राष्ट्रको हित र आम नागरिकको सुविधाका लागि परिणाममुखी ढंगले काम गर्न गृहमन्त्री लेखकको निर्देशन

ई-आर्थिक, काठमाडौं । गृहमन्त्री रमेश लेखकले मातहतका कर्मचारीलाई राष्ट्रको हित र आम नागरिकको सुविधाका लागि परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०८२/८३ का लागि गृह सचिव, संगठन प्रमुख, महाशाखा तथा विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले पछिल्ला वर्षहरूमा लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेखनीय प्रयास भए पनि यसको स्पष्ट परिणाम आउन केही समय लाग्ने बताए।

“यी सबै विषय अहिलेका चुनौती हुन्,” गृहमन्त्री लेखकले भने, “गम्भीरतापूर्वक काम भइरहेको छ तर अबको वर्ष परिणाम देखिने गरी काम गर्नुपर्छ।”

पश्चिम नेपालमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन भइरहेको जानकारी दिँदै उनले चालु आर्थिक वर्षभित्र पुनःनिर्माण कार्य सम्पन्न गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिए।

उनले अघिल्लो आर्थिक वर्षमा गृह मन्त्रालयले ८८ प्रतिशत कार्यप्रगति हासिल गरेकोप्रति प्रशंसा गर्दै अबको आवश्यकताअनुसार नयाँ नीति र योजना तयार गरेर अघि बढ्न आग्रह गरे।

“सीमित स्रोत, जनशक्ति र बजेटको मर्यादाभित्र रहेर अधिकतम परिणाम निकाल्न सक्नुपर्छ,” उनले भने, “कार्यसम्पादन सामूहिक प्रयास हो, त्यसैले जस र अपजस पनि सामूहिक रूपमा लिनुपर्छ।”

नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रविधिक कारण रोकिएको उल्लेख गर्दै उनले पाइपलाइनमा रहेका सबै कानुनी विधेयक यही महिनाभित्र संसदमा दर्ता गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए।

“नीतिगत र कानुनी सुधार मन्त्रालयको उच्च प्राथमिकता हो,” गृहमन्त्री लेखकले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij