२०८३ साउन १० आइतबार

भरतपुरमा डिप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ सुविधा, १३ सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

ई आर्थिक    शनिबार, साउन ३१ २०८२
3.2K
Shares
भरतपुरमा डिप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ सुविधा, १३ सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

चितवन : भरतपुर महानगरपालिकामा निर्माण गरिएका १३ वटा भूमिगत जल (डिप बोरिङ) सिँचाइ आयोजनाहरू उपभोक्ता समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। शुक्रवार भरतपुर–२३ आलमघाटमा आयोजित विशेष कार्यक्रममा यी आयोजना स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको हो।

सिँचाइको वैकल्पिक स्रोत अभाव भएका क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको यी आयोजनामार्फत करिब ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना चितवनका कार्यालय प्रमुख विश्वबन्धु केसीले जानकारी दिए।

यी छन् हस्तान्तरण भएका सिँचाइ आयोजना

हस्तान्तरण गरिएका आयोजनाहरू निम्नानुसार छन्:

  • भरतपुर–१५: नर्मदेश्वर, मनकामना

  • भरतपुर–१८: रुखेनी

  • भरतपुर–२१: सङ्गम, सम्झौता, जुनतारा

  • भरतपुर–२२: पटिहानी पर्सा

  • भरतपुर–२३: ठाडोखोला, केरुङ, साँङ्गे, फाल्गुनी

  • भरतपुर–२५: भगौली

  • भरतपुर–२७: झ्याउरेटाँडी

७ करोडभन्दा बढीको लगानी, १९ किमी पाइपलाइन

१३ वटा आयोजनामा करिब रु. ७ करोड ३२ लाख ७९ हजार खर्च भएको छ। कुल १९,५३१ मिटर लामो पाइपलाइन जडान गरिएको छ, जसले पानीको पहुँच उत्पादनशील जमिनसम्म पु¥याएको छ।

यो प्रणालीले भरतपुरका खडेरीग्रस्त क्षेत्रलाई लक्षित गर्दै डिप बोरिङमार्फत भूजल तान्ने र सिँचाइ सुविधा पु¥याउने उद्देश्य लिएको छ।

किसान खुसी, बाली उत्पादनमा सहजता

स्थानीय उपभोक्ताहरूले आयोजनाबाट लाभ लिएको बताएका छन्।

  • पटिहानी पर्साका किसान यमप्रसाद लामिछानेले खडेरी बेलामा पनि बाली लगाउन सहज भएको अनुभव साझा गरे।

  • नर्मदेश्वर (भरतपुर–१५) का मनिभद्र कँडेलले बाँझो जमिनमा सिँचाइ पुगेपछि किसानहरू उत्साहित बनेको बताए।

  • फाल्गुनी र केरुङ क्षेत्रका अनिता वाइवा र कमलाकुमारी विश्वकर्माले भूमिगत जलमार्फत खेतबारीमा सिँचाइको सुविधा उपलब्ध भएको बताए।

महानगरको प्रतिबद्धता

कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले पश्चिमी क्षेत्रका किसानलाई डिप बोरिङ सिँचाइ प्रणालीले ठूलो राहत पुगेको बताइन्।

उनले भनिन्, “नारायणी लिफ्ट, खगेरी सिँचाइ योजनासँगै डिप बोरिङ सिँचाइले पनि उत्पादन वृद्धि र बाँझो जमिन उपयोगमा सकारात्मक भूमिका खेलेको छ। किसानका आवश्यकतामा महानगर सधैँ साथ रहनेछ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij