ई- आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरूले हस्पिटलमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौताले कुमारी बैंकका ग्राहकहरूलाई भारतको प्रख्यात स्वास्थ्य संस्था इन्द्रप्रस्थ अपोलो हस्पिटलमार्फत उच्चस्तरीय सेवा प्राप्त गर्न थप सहज बनाउने विश्वास लिइएको छ।
कुमारी बैंकले हाल देशभर ३०२ वटा शाखा, ३१८ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर तथा ४८ वटा शाखारहित बैंकिङ इकाइहरू मार्फत सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
यस प्रकारका सहकार्यहरूले ग्राहकहरूको जीवनस्तर उकास्न थप टेवा पुर्याउने बैंकको विश्वास छ।