२०८३ साउन ११ सोमबार

पर्सामा मिटरब्याजपीडितलाई २८ करोड फिर्ता, १,६८९ उजुरी मेलमिलापबाट समाधान

ई आर्थिक    शुक्रबार, साउन ३० २०८२
1.7K
Shares
पर्सामा मिटरब्याजपीडितलाई २८ करोड फिर्ता, १,६८९ उजुरी मेलमिलापबाट समाधान

ई- आर्थिक, वीरगञ्ज ।  पर्सा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीहरू मध्येकै ठूलो संख्यामा मेलमिलापमार्फत समाधान गरिएको छ। जिल्लाभर परेका २,३५८ उजुरीमध्ये हालसम्म १,६८९ उजुरी मेलमिलापमार्फत टुंगो लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी किशोर लम्सालका अनुसार, बाँकी रहेका ६३७ उजुरीहरू साउन २८ गतेसम्म फर्छ्यौट हुन बाँकी छन्। उनका अनुसार, जिल्ला प्रशासन कार्यालयमा १,७२९ उजुरी परेका थिए भने प्रहरी कार्यालयमा थप ६२९ उजुरी दर्ता भएका थिए।

लम्सालले जानकारी दिए अनुसार, “जिल्ला प्रशासन कार्यालयले २२० उजुरी मेलमिलापबाट टुंग्याएको छ भने प्रहरी कार्यालयमार्फत १,४६७ उजुरी टुंगो लगाइएको हो।”

उनले मिटरब्याज सम्बन्धी ३२ मुद्दा अदालतमा दर्ता भइसकेको र हालसम्म १५ पुरुष तथा दुई महिला गरी १७ जना पक्राउ परिसकेको जानकारी समेत दिए।

पर्सा प्रहरीले मिटरब्याजको मारमा परेका पीडितहरूको पक्षमा कार्य गर्दै २८ करोड ५९ लाख ५५ हजार ५५७ रुपैयाँ बराबरको मेलमिलाप गराएको छ। साथै, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको छ।

लम्सालले उजुरीहरूलाई प्राथमिकताका साथ फर्छ्यौट गर्ने कार्य भइरहेको जनाउँदै भने, “पहिले यी उजुरी जिल्ला प्रशासन कार्यालयमै दर्ता हुन्थे, अहिले भने प्रहरी कार्यालयले पनि सक्रियताका साथ टुंगो लगाइरहेका छौँ।”

उनले हाल पीडकहरूले अदालतबाट पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञा लिएर लुक्ने प्रवृत्तिका कारण केही अप्ठ्यारो भइरहेको उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालयले २०८१ साल फागुन १ गतेदेखि अनुचित लेनदेनसम्बन्धी उजुरीहरू औपचारिक रूपमा दर्ता गर्न थालेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij