२०८३ भाद्र ३० मंगलबार

एनआईएमबि बैंकको नाफामा ऐतिहासिक उछाल, ६ अर्ब ७५ करोड मुनाफा

ई आर्थिक    शुक्रबार, साउन ३० २०८२
3K
Shares
एनआईएमबि बैंकको नाफामा ऐतिहासिक उछाल, ६ अर्ब ७५ करोड मुनाफा

ई-आर्थिक, काठमाडौं ।   नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय नाफा वृद्धि गर्दै ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६४.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ मुनाफा कमाएको थियो।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशतले घटेर १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यो आम्दानी १५ अर्ब ११ करोड ६९ लाख रुपैयाँ थियो। यद्यपि ब्याज आम्दानी घटेपनि खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशतले बढेर २ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुगेको छ।

कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशतले घटेर १७ अर्ब ६४ करोड १९ लाख रुपैयाँमा सीमित भएपनि सञ्चालन नाफा भने ५८.६६ प्रतिशतले उछालिँदै १० अर्ब १४ करोड २७ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख रुपैयाँ पुगेको छ, जसको आधारमा लाभांश वितरण क्षमता १.३३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो मद ऋणात्मक रहँदै ५ अर्ब ६९ करोड घाटामा थियो।

३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३२ अर्ब ७४ करोड रुपैयाँ छ।

निक्षेप संकलन १७ प्रतिशतले बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १८ प्रतिशतले वृद्धि भई ३ खर्ब २६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको निक्षेप–कर्जा अनुपात (CD Ratio) ७९.२२ प्रतिशतबाट घटेर ७४.४४ प्रतिशतमा झरेको छ। नाफा बढेसँगै बैंकको प्रति सेयर आम्दानी (EPS) १२.०४ रुपैयाँबाट बढेर १९.८० रुपैयाँ पुगेको छ।

हाल बैंकको प्रति सेयर नेटवर्थ २३१.०२ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ११.६७ गुणा छ।

यद्यपि, बैंकको खराब कर्जा (NPL) अघिल्लो वर्षको ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ, जुन सुधारको खाँचो देखिन्छ।

ब्याज आम्दानीमा गिरावट भए पनि अन्य कारोबारमा उल्लेखनीय सुधारका कारण बैंकको समग्र प्रदर्शन सकारात्मक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij