२०८३ साउन ११ सोमबार

भारत–पाक भनाभैरी उत्कर्षमा, पाकिस्तानी नेताहरूलाई ‘जिब्रो नियन्त्रण’मा राख्न भारतीय चेतावनी

ई आर्थिक    शुक्रबार, साउन ३० २०८२
3K
Shares
भारत–पाक भनाभैरी उत्कर्षमा, पाकिस्तानी नेताहरूलाई ‘जिब्रो नियन्त्रण’मा राख्न भारतीय चेतावनी

ई–आर्थिक, काठमाडौं । भारतले पाकिस्तानी नेताहरूलाई आफ्नो जिब्रो नियन्त्रण गर्न सुझाव दिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साप्ताहिक प्रेस ब्रिफिङमा पाकिस्तानी नेताहरूले भारतविरुद्ध गैरजिम्मेवार, युद्ध फैलाउने र घृणा फैलाउने बयान दिइरहेको बताउँदै यस्तो सुझाव दिएका हुन्।

जयस्वालले पाकिस्तानी नेताहरूले आफ्नो असफलता लुकाउन बारम्बार यस्ता अभिव्यक्ति दिइरहेको जिकिर गरे। ‘उनीहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ, किनकि यदि उनीहरूले कुनै गलत कदम चाले भने परिणाम धेरै नराम्रो हुनेछ,’ उनले भने।

पछिल्लो ४८ घण्टामा तीन पाकिस्तानी नेताहरूले सिन्धु जल सन्धि निलम्बनको सम्बन्धमा भारतविरुद्ध धम्कीपूर्ण बयान दिएका छन्। जसमा सेना प्रमुख असीम मुनीर, प्रधानमन्त्री शाहबाज शरीफ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij