२०८३ साउन ११ सोमबार

वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्षबीच भेटवार्ता, नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ

ई आर्थिक    बुधबार, साउन २८ २०८२
2.8K
Shares
वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्षबीच भेटवार्ता, नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ

ई-आर्थिक, काठमाडौं ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का सहायक उपाध्यक्ष जोन विङ्गलले आज मन्त्रालयमा भेटवार्ता गरेका छन्।

भेटका अवसरमा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग पुर्‍याएकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गरे। एमसीसी परियोजनामार्फत उच्च गुणस्तरको प्रसारण लाइन र स्तरोन्नत राजमार्ग निर्माणको काम सुरु भएको उल्लेख गर्दै उनले यसले नेपालमा कनेक्टिभिटी अभिवृद्धिका सरकारका प्रयासलाई साकार बनाउने विश्वास व्यक्त गरे।

मन्त्री शाहीका अनुसार परियोजनाले नेपालको आन्तरिक विद्युत् आपूर्ति मात्र नभई नेपाल–भारत विद्युत् व्यापारलाई समेत सहज बनाएको छ। उनले नेपालको विद्युत् भविष्यमा बाँकी एसियाली मुलुकहरूसँग जोडिने विश्वास पनि व्यक्त गरे।

एमसीसीका सहायक उपाध्यक्ष विङ्गलले परियोजनाको कार्यान्वयन प्रक्रिया र प्रगति बारे चासो व्यक्त गरेका थिए। भेटवार्तामा दुई पक्षबीच आपसी विश्वास, सहकार्य र द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij