२०८३ साउन ११ सोमबार

पहिरोले इलाम–केचना–कञ्चनजंघा सडक पूर्ण रूपमा अवरुद्ध

ई आर्थिक    बुधबार, साउन २८ २०८२
2.5K
Shares
पहिरोले इलाम–केचना–कञ्चनजंघा सडक पूर्ण रूपमा अवरुद्ध

ई-आर्थिक, इलाम ।  इलाम नगरपालिका–११ को सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको ठूलो पहिरोका कारण इलाम–केचना–कञ्चनजंघा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने वैकल्पिक मार्ग पनि बन्द भएको छ। परिणामस्वरूप लामो दूरीका सवारी साधनहरू मेची राजमार्ग प्रयोग गर्न बाध्य भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयवासीको समन्वयमा पहिरो पन्छाउने कार्य जारी रहेको छ।

कालीगण्डकी कोरिडोर अवरुद्ध

त्यसैगरी, कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खसेपछि सो सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। चट्टानसहितको भारी पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो।

सडक अवरुद्ध भएपछि बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिमतर्फ जाने तथा उत्तरतर्फ मुस्ताङसम्म सञ्चालन हुने सबै सवारी साधन मार्गमा रोकिएका छन्। भैरहवाबाट सामान लिएर आएका मालवाहक ट्रकहरू समेत कालाखोलामा थुनिएका छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम विकका अनुसार लगातार पहिरो झरिरहेकाले सडक खुलाउन कठिन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij