२०८३ साउन ९ शनिबार

नबिल बैंकको ऐतिहासिक नाफा: वार्षिक खुद नाफा १५प्रतिशतले बढ्दै ७ अर्ब नाघ्यो

ई आर्थिक    मंगलबार, साउन २७ २०८२
5K
Shares
नबिल बैंकको ऐतिहासिक नाफा: वार्षिक खुद नाफा १५प्रतिशतले बढ्दै ७ अर्ब नाघ्यो

ई-आर्थिक, काठमाडौं ।  नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले बढेर १६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी पनि ५.३८ प्रतिशतले वृद्धि भई ३ अर्ब ४१ करोड पुगेको छ।

गत वर्ष नबिलको सञ्चालन नाफा २५.४४ प्रतिशतले बढेर १० अर्ब ८४ करोड रुपैयाँ नाघेको छ, भने कुल सञ्चालन आम्दानी २१ अर्ब ५१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.४१ प्रतिशतले बढी हो।

बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यसका आधारमा लाभांश वितरण क्षमता १७.६४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ११.३९ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो।

बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष ११.८८ प्रतिशतले बढेर ३१ अर्ब ९० करोड रुपैयाँ नाघेको छ।

निक्षेप संकलन १३.५३ प्रतिशतले बढ्दै ५ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा लगानी १०.४९ प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो क्रमशः ४ खर्ब ६२ अर्ब र ३ खर्ब ७३ अर्ब रुपैयाँ थियो।

बैंकको वित्तीय सूचकहरू यसप्रकार छन्: प्रति सेयर आम्दानी (EPS): २६.३४ रुपैयाँ,  प्रति सेयर नेटवर्थ: २३५.५८ रुपैयाँ मूल्य-आम्दानी अनुपात (P/E Ratio): २०.५५ रिटर्न अन इक्विटी (ROE): ११.६४% र  खराब कर्जा अनुपात (NPL): ४.२७%, जुन अघिल्लो वर्षको ४.४५% भन्दा घटेको हो।

नाफा, निक्षेप, कर्जा र वित्तीय सूचकहरूमा देखिएको यो वृद्धि नबिल बैंकको सुदृढ व्यवस्थापन र लगानीको प्रभावकारिताको संकेतको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij