२०८३ साउन ११ सोमबार

पहिरोले कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प, यात्रुहरू अलपत्र

ई आर्थिक    सोमबार, साउन २६ २०८२
3.7K
Shares
पहिरोले कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प, यात्रुहरू अलपत्र

ई-आर्थिक, बागलुङ ।  अविरल वर्षासँगै आएको पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध बनेको छ। बागलुङ नगरपालिका–१३ कालाखोला बगर क्षेत्रमा शनिबार खसेको ठूलो चट्टानसहितको पहिरोका कारण सडक पूर्णरूपमा ठप्प भएको हो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ खण्ड अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ भने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार आइतबार दिनभर दुईवटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छ्याउने प्रयास गरिएको थियो, तर चट्टानसहितको भारी पहिरोका कारण सडक खुलाउन नसकिएको हो।

“पहिरो ठूलो छ, चट्टान पन्छ्याउन कठिनाइ भएको छ,” उनले भने, “आज बिहानदेखि पुनः आयोजनासँग समन्वय गरेर काम सुरु गरिएको छ।”

सडक अवरुद्ध हुँदा यात्रुहरूले वैकल्पिक बाटो नहुँदा गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्। स्थानीय बासिन्दा र व्यवसायीहरू पनि मालसामान ढुवानी ठप्प हुँदा प्रभावित भएका छन्।

सडक खुलाउन डोजर, स्काभेटरसहितको टोली खटिएको र चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij