२०८३ भाद्र ३० मंगलबार

रसुवाको बाढीपहिरोबाट बीमा दाबी ९८ करोड नाघ्यो, ७८ वटा बीमा दाबी दर्ता

ई आर्थिक    आइतबार, साउन २५ २०८२
3.1K
Shares
रसुवाको बाढीपहिरोबाट बीमा दाबी ९८ करोड नाघ्यो, ७८ वटा बीमा दाबी दर्ता

ई-आर्थिक, काठमाडौं ।  गत असार २३ गते रसुवामा आएको भीषण बाढीपहिरोका कारण भएको क्षतिबापत बीमा दाबी ९८ करोड ५९ लाख रुपैयाँ नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्ममा कुल ७८ वटा बीमा दाबी दर्ता भएका छन्।

बीमा दाबीमध्ये सबैभन्दा धेरै मोटर बीमा सार्वजनिकतर्फ ४२ वटा छन्, निजी मोटर बीमा १६, सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, र इन्जिनियरिङ तथा ठेकेदार जोखिम सम्बन्धी पाँच दाबी दर्ता भएका छन्।

बीमा कम्पनीहरूलाई परेको दाबीमध्ये हिमालयन एभरेष्ट इन्स्यारेन्सले सबैभन्दा बढी ५५ करोड रुपैयाँ बराबरको दाबी भोगेको छ। त्यसपछि शिखर इन्स्यारेन्समा १६ करोड ९६ लाख, नेपाल इन्स्यारेन्समा आठ करोड ७३ लाख, सानिमा जीआईसीमा छ करोड ८४ लाख र नेको इन्स्योरेन्समा पाँच करोड ६७ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै, सगरमाथा लुम्बिनीमा दुई करोड ६५ लाख, युनाइटेड अजोडमा ९१ लाख, आइजीआई प्रुडेन्सियलमा ७६ लाख, एनएलजी इन्स्योरेन्समा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ।

लेङ्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमास्थित मितेरी पुल, भन्सार यार्ड र रसुवागढी जलविद्युत् आयोजना लगायतका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले यार्डमा पार्किङ गरिएका सयौं सवारीसाधन बगाएको थियो, जसको मुख्य असर मोटर बीमामा देखिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij