२०८३ साउन ११ सोमबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएको समयमा पूरा गर्न प्रचण्डको निर्देशन

ई आर्थिक    आइतबार, साउन २५ २०८२
2.7K
Shares
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएको समयमा पूरा गर्न प्रचण्डको निर्देशन

ई-आर्थिक, चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराएका छन्। आइतबार रंगशालाको स्थलगत निरीक्षणपछि प्रचण्डले निर्धारित मिति भित्र निर्माण कार्य सम्पन्न गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै रंगशालाले क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

निरीक्षणका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इन्जिनियर सन्तोष आचार्यले रंगशालाको हालसम्मको प्रगति बारे जानकारी दिएका थिए। निर्माणको हालको भौतिक प्रगति ३० प्रतिशत पुगेको जनाइएको छ।

महानगरपालिका–१५ मा संघ र प्रदेश सरकारको सहकार्यमा निर्माण भइरहेको रंगशाला आगामी २०८३ पुस २२ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।

निर्माण लागत ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ अनुमान गरिएको छ। रंगशाला निर्माणले चितवनसहित देशकै खेलकुद पूर्वाधारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij